नियम २७
परिक्षण समिति सम्बन्धी व्यवस्था

(१) नाप नक्साको कार्य गर्न अनुमतिपत्र पाउने व्यक्ति वा संस्थाको उपयुक्तता परिक्षण गरी सि˚ारिश गर्ने प्रयोजनका लागि परीक्षाको
पाठ्यक्रम निर्धारण गर्न र परीक्षा सञ्चालन गर्न देहाय बमोजिमको परीक्षण समिति रहनेछ ः–
(क) विभागका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत मध्येबाट महानिर्देशकले तोकेको एकजना – अध्यक्ष
(ख) त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन सस्थानका सम्बन्धित विषयका प्रतिनिधि एकजना – सदस्य
(ग) गैर सरकारी पेशागत व्यक्ति वा संस्थाबाट महानिर्देशकले तोकेको दुईजना नापी विशेषज्ञ – सदस्य
(घ) विभाग, योजना शाखाका प्रमुख – सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको परीक्षण समितिले आ˚्नो कार्यविधि आ˚ै निर्धारण गर्नेछ ।